Nepali Unicode | Preeti to Unicode

जल तथा मौसम विज्ञान विभागले मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने जनाएको छ ।

मौसमविद् हिरा भट्टराईले मंगलबार र बुधबार सोमबारभन्दा धेरै स्थानमा वर्षा हुने बताए । उनले भने, ‘मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने छ । बुधबार एरिया कभरेज थप बढ्छ ।’

मौसमविद् भट्टराईका अनुसार आज पाल्पा, तनहुँ, मकवानपुर, इलाम र झापामा पानी परेको छ । सोमबार बिहान करिब ६ बजेतिर प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

काठमाडौं उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन भएको थियो । यो यस वर्षको मनसुन अवधिकै सबैभन्दा बढी तापक्रम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर