Nepali Unicode | Preeti to Unicode

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाले थालेको घरबाटै फोहरको स्रोतलाई वर्गीकरण गरी छुट्टाउन गरेको आग्रहले अहम् भूमिका खेल्ने विश्वास लिएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै गर्दै नेता थापाले यस अभियानलाई सफल पारी काठमाडौंलाई फोहरमुक्त काठमाडौं बनाउन आग्रहसमेत गरेका छन् ।

उनले आफूले आफ्नो घरबाटै महानगरपालिकाले दिएको निर्देशनलाई पालना गर्ने भन्दै सबै काठमाडौं महानगरवासीलाई स्रोतमै फोहर छुट्टाइदिएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

उनले शुरुआती दिनमा तर्साउन भन्दा पनि स्थानीयलाई सिकाउने काममा महानगरपालिका लाग्ने विश्वाससमेत लिएका छन् ।

नेता थापाले साउने सङ्क्रान्तिको सबैलाई शुभकामना दिएका छन् ।

यसैबीच, काठमाडौं महानगरमा आजदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ ।

सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ ।  नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रिय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ ।

यस्तै ,प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ । फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ ।

०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण  विभागको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर