कोरियन सरकारले अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ ।
मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको हो ।
कोरियामा नयाँ सरकार फेरिएसँगै मन्त्रालयले विनाभिसा बसिरहेका विदेशीलाई पक्राउ गर्न सुरु गरेको र पछिल्लो महिना त्यसलाई थप तीव्र पारेको हो । सोही अभियान अन्तर्गत गत सातामात्र १४ जना नेपाली श्रमिक पक्राऊ परेको बताइएको छ ।
यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजुरीका आधारमा उनीहरुलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।
