
भरतपुर, असोज २७ मंगलबार ।
चितवनमा आज गए राति थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको राति ८ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका संचार संयोजक डा.किशोर अधिकारीले जानकारी दिनु भयो
यही असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए । कोभिड आइसीयूमा उपचाररत उनको राति मृत्यु भएको हो । योसंगै चितवनका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ ।