Nepali Unicode | Preeti to Unicode

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले तबला उपहार दिएका छन् ।

बुधबार साँझ भेटवार्तापछि ओलीले उक्त उपहार दिएका हुन् । ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।

ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौँ महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए।

साथै एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफू र्‍याप गाउन सक्ने भन्दै घुमाउरो पारामा बालेनको प्रशंसा गरेका थिए।

बालेन र्‍याप गायक पनि हुन्। बालेन पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन्।

बालेनले आफूसँग पराजित भएका उम्मेदवारहरू सिर्जना सिंह र केशव स्थापितलाई भेट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर