Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नर्वेविरुद्ध ८–० गोलान्तरको फराकिलो जित दर्ता गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेको छ ।

फाल्मर रङ्गशालामा हिजो भएको खेलमा इंग्ल्यान्डलाई जिताउन बेथ मिडले ह्याट्रिक गरिन् । खेलको १२औं मिनेटबाट गोल गर्न सुरू गरेको इंग्ल्यान्डले पहिलो हाफअघि ६ गोल गर्याे ।

हाफपछि दुई गोल गरेको इंग्ल्यान्डले समूह ‘ए’ काे शीर्ष स्थान कब्जा गर्दै  च्याम्पियनसिपमा यात्रा सहज बनाएकाे छ ।

हिजै सम्पन्न अर्काे खेलमा अस्ट्रियाले प्रतियाेगितामा आफ्नो पहिलाे जित दर्ता गरेको छ । सेन्ट मेरी रङ्गशालामा भएको खेलमा अस्ट्रियालाई विजयी गराउन क्याथरिना सिस्नल र एलिसा नास्चेन्वेङले एक–एक गोल गरिन् ।

समूह ‘ए’ मा रहेका यी चार राष्ट्रमध्ये लगातार दुई खेलमा हार बेहोरेको नर्दन आयरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

नर्दन आयरल्यान्ड पहिलो खेलमा नर्वेसँग ४–१ र दोस्रो खेलमा अस्ट्रियासँग २–० ले पराजित भएको थियो ।

समूह चरणमा आ–आफ्नो एक–एक खेल जितेको अस्ट्रिया र नर्वेले खातामा समान दुई अङ्क बटुलेका छन् ।

जुलाई १६ मा हुने समूह चरणको अन्तिम खेलमा अस्ट्रिया र नर्वेबीचको विजेताले आगामी चरणमा आफ्नो स्थान पक्का गर्नेछ ।

च्याम्पियनसिपबाट बाहिरिएको नर्दन आयरल्यान्डले सोही दिन इंग्ल्यान्डसँग खेल्नेछ ।

जुलाई ६ मा औपचारिक रुपमा सुरू भएको प्रतियोगिता इंग्ल्यान्डका विभिन्न दश सहरमा जुलाई ३१ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय