गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ ।
सङ्घका अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर विधेयकले गैरआवसीय नेपाली सङ्घलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको र नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताए ।
उनले विधेयकमा राजनीतिक अधिकारबाहेक सबै अधिकार गैरआवसीय नेपालीले पाएको बताए । विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको छ” अध्यक्ष कुँवरद्वारा जारी विज्ञप्तिा भनिएको छ ।
विगत पाँच वर्षदेखि ऐन बनाउन पहल गर्दै आएको बताउँदै कुँवरले सङ्घका निवर्तमान उपाध्यक्ष सोनाम लामाले नेतृत्व गरिरहेको बताएका छन् । संसदमा रहेको विधेयकलाई फिर्ता लिएर संशोधनसहित नयाँ दर्ता गरिएपनि सङ्घले उठाउँदै आएका महत्वपूर्ण मागहरु सम्बोधन नभएको भन्दै अध्यक्ष कुँवरले संशोधनको माग समेत गरेका छन् ।
सरकारले पुरानो बिधेयकलाइ फिर्ता लिएर फेरि केही परिमार्जनसहित ‘नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न २०७९ लाई नयाँ बिधेयक’ भनेर संसदमा टेबल गरेको छ । यस बिधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संसोधनका लागि अनुरोध पनि छ ।
केहि बुँदामा हाम्रो असहमति पनि छ । तर पनि संबिधानले दिएको यो संबैधानिक अधिकार कार्यान्वयन गर्न केहि पनि नभएको अवस्थामा यो बिधेयले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता आफैंमा एउटा उपलब्धि हो” विज्ञप्तिमा भनिएको छ ।
