सत्तारुढ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति बैठक जारी छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा विभिन्न १३ भ्रातृ तथा शुभेच्छुक संस्थाबारे छलफल भइरहेको छ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।
केन्द्रीय समिति बैठक बसिरहेको बेला पार्टी कार्यालय बाहिर भने शेखर कोइराला पक्षधर कार्यकर्ताले विरोध प्रदर्शन र नाराबाजी गरेका छन् ।
बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, काङ्ग्रेसका मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्याउन खोज्दा प्रहरीले बल प्रयोगसमेत गर्नुपरेको थियो ।
पार्टीका भ्रातृ सङ्गठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कार्यकर्ताले विरोध गरेका हुन् ।
