
सेयर बजारमा भीषण गिरावट आएको छ ।
साताको दोस्रो कारोबारको दिन बजार एक घन्टाकोबीचमा नेप्से ५० अङ्कले गिरावट आएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से करिव २.५१ प्रतिशतले ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स समेत २.१५ प्रतिशत अर्थात ८.१६ अङ्कले घटेको छ । कारोबारमा आएका १३ वटै उपसमूह राताम्मे भएका छन् ।
अहिलेसम्म २ कम्पनीको सेयर मूल्य बढ्दा १८२ कम्पनीको सेयर मूल्य घटेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देशको अर्थतन्त्र सुधार गर्नको लागि कडा खालको मौद्रिक नीति आउन लागेको बताएका थिए ।
उनले मुल्यबृद्धिलाई नियन्त्रणमा राख्न बैङ्कको व्याजदर बढ्न सक्ने सङ्केत गरेपछि सेयर बजारमा गिरावट आएको विश्लेषण गरिएको छ ।