पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष फेला परेका छन् ।
उनको नाम, वतन केही खुल्न सकेको छैन । अन्दाजी ५० वर्षका पुरुष आज बिहान मृत भेटिएका हुन् ।
पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा ती पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवा ६ बजे उनलाई स्थानीयले देखेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
