त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
बिहान ११ बजेबाट क्याम्पस परिसरमा हुने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्रिभुवन विश्वविद्यालय देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो ।
त्रिभुवन विश्वविद्यालयको स्थापना भूतपूर्व राजा त्रिभुवनको नाममा राखिएको हो ।
विश्वविद्यालयको स्थापना विक्रम सम्वत २०१६ सालमा भएको हो ।
