Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

सुर्खेत, असोज २६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेको घटनाक्रमले सत्तारुढ दलवीच तनाव बढेको छ ।
यसैक्रममा सोमवार प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक पदबाट गुलाबजंग शाहीलाई संसदीय दलको नेता एवं मुख्यमन्त्री शाहीले जिम्मेवारी मुक्त गर्नुभएको छ । नेकपा प्रदेशसभा दलको नेताको हैसियतबाट शाहीलाई सन्तोषजनक काम नभएको भन्दै जिम्मेवारी मुक्त गरिएको पत्रमार्फत जानकारी गराइएको छ ।
पत्रमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाइको काम सन्तोषजनक नभएको भन्दै आजसम्म गर्नुको कामका लागि धन्यवादसहित नेकपा प्रदेशसभा दलको प्रमुख सचेतकबाट जिम्मेवारी मुक्त गरेको उल्लेख छ । सो को जानकारी नेकपा कर्णाली प्रदेश कमिटी, नेकपा केन्द्रीय कार्यालय र कर्णाली प्रदेशको प्रदेशसभा सचिवालयलाई बोधार्थ दिइएको छ ।
यसैगरी दलको नेता एवं मुख्यमन्त्री शाहीले सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको छ । प्रदेशसभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ बमोजिम पार्टी र दलको हितमा कामकाज गर्ने विश्वासहित नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको अर्को पत्रमा उल्लेख छ । नेपाली दलको सचेतक हुनुहुन्थ्यो ।
यता गुलाबजंग शाहले १८ जना प्रदेशसभा सदस्यहरुले संसदीय दलको नेतामा अविश्वास गरेपछि शाहीले आफूलाई प्रमुख सचेतकबाट जिम्मेवारी मुक्त गर्न नसक्ने दावी गर्नुभयो । उहाँले मंगलवार बोलाइएको संसदीय दलको बैठकमा संसदीय दलको नेताबाट मुख्यमन्त्री शाहीलाई हटाउने प्रस्ताव पारित गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो । सन्तोषजनक काम गर्न नसक्नु भएको आरोपका सम्वन्धमा शाहले अविश्वासको प्रस्ताव दर्ता गरेको रिसमा आफूलाई त्यो आरोप लगाइएको टिप्पणी गर्नुभयो ।
उता संसदीय दलले प्रमुख सचेतकमा नियुक्त गरेको सीता नेपालीले भने नयाँ जिम्मेवारीलाई सफलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रमुख सचेतक भनेको मुख्यमन्त्री, सरकार, संसद र दलवीच समन्वयको काम गर्ने पद भएकोले संसदीय दलको नेताले जुन जिम्मेवारी दिनुभएको छ, त्यो पूरा गर्ने उल्लेख गर्नुभयो । गुलाबजंग शाहले सन्तोषजनक काम गर्न नसकेकोले उहाँलाई पदमुक्त गरी आफूलाई नयाँ जिम्मेवारी दिइएको नेपालीको भनाइ छ । साथै नयाँ जिम्मेवारी अनुसार १५ दिनभित्र संसदीय दलको बैठक बोलाएर छलफल गर्ने उहाँको भनाइ छ ।
आइतवार प्रदेशसभाका बहुमत १८ जना प्रदेशसभा सदस्यहरुले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । संसदीय दलको सचेतकका रुपमा गुलाबजंग शाहलाई ती सदस्यहरुले सो प्रस्ताव दर्ता बुझाएका थिए । पार्टीको दलको नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदीय दल र सरकारको कामकारबाही जनस्तरमा फितलो भएको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय