Nepali Unicode | Preeti to Unicode

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी ) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पार्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।यसैगरी, अर्थ मन्त्रालयबाट बजेटका सूचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितिका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको  प्रमुख सचेतक भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर