Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

काठमाडौँ, असोज २४ गते । लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै नेपालगञ्ज र महेन्द्रनगरबाट पनि उडान अनुमतिका लागि गरिएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउने छलफल भएको हो ।
नेपाल र भारतबीच २०७५ असार २ गते नेपाललाई थप चारवटा हवाई रुट दिने विषयमा सहमतिमा औपचारिक हस्ताक्षर भएको थियो । सहमतिअनुसार महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट समेत भारतीय आकाश हुँदै नेपाल उडान अनुमति प्रदान गरिने उल्लेख गरिएको थियो । हाल तेस्रो देशबाट नेपाल उडान गर्ने जहाजले भारतीय आकाश प्रयोग गरेर सिमरा नाका हुँदै प्रवेश गर्छन् ।
नेपालबाट भारततर्फ उडानका लागि महेन्द्रनगर, भैरहवा नाकाको प्रयोग भइरहे पनि यो एकतर्फी मात्र छ । भारततर्फबाट ती नाका हुँदै नेपाल प्रयोग प्रवेश हुनसक्ने अवस्था छैन ।
नेपालले यी चारवटै नाकामा दोहोरो उडान अनुमतिका लागि भारतसँग सहमति गरे पनि अहिलेसम्म यसले निष्कर्ष पाउन सकेको छैन । त्यसका लागि भारतलाई नेपालले पत्राचार भने गरिसकेको छ । शुक्रबारको छलफलमा सोही पत्राचारलाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो । कोभिडका कारण बन्द भएको नेपाल–भारत नियमित उडान पुनः सञ्चालन गर्ने विषयमा पनि मन्त्री भट्टराई र राजदूत क्वात्राबीच छलफल भएको छ । दुई देशबीच हाल बन्द उडान चाँडो सञ्चालन गर्ने विषयमा उक्त छलफल केन्द्रित थियो ।
यसबाहेक पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको थियो । रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिबद्धता पनि व्यक्त भएको थियो ।
नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको, पर्यटन क्षेत्रलाई माथि उकास्न पनि भारतले सहयोग गर्ने प्रतिबद्धता राजदूत क्वात्राले जनाउनुभएको थियो ।  साभार गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय