Nepali Unicode | Preeti to Unicode

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा रञ्जु दर्शनाले काठमाडौंबाट उम्मेदवारी दिने तयारी गरेकी छन्।

उनले आफू अब हुने संघीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने घोषणा गरेकी छन्।

‘संघीय चुनावमा मेरो उम्मेदवारी दिनेबारे तपाईंहरूले थाहा पाइसक्नुभएको छ। आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन प्रतिस्पर्धामा उत्रिने जानकारी दिन चाहन्छु,’ उनले फेसबुकमार्फत् भनेकी छन्।

दर्शनाले विवेकशील साझा पार्टी छाडेकी थिइन्। उनी अब स्वतन्त्र ढंगबाट चुनाव उठ्ने तयारीमा छिन्।

०७४ को स्थानीय चुनावमा दर्शनाले काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी थिइन् । तर नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन्।

उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन्। यस पटक स्थानीय तह निर्वाचनमा नउठे पनि संघीय निर्वाचनमा उम्मेदवारी दिने भएकी छिन् ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर