Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

 असोज २० गते । स्वास्थ्यक्षेत्रको सेवा सुविधा निकै कमजोर रहेको सर्लाहीमा एक जना चित्किसकले भर्खरै जन्मिएका तिम्ल्याहा शिशुलाई बचाइरहनु भएको छ ।

जिल्लाको दक्षिणी ग्रामीण भेगस्थित कौडेना गाउँपालिका–१, सुकचैनाका षोषण राउतकी श्रीमती २५ वर्षीया बबितादेवीले यही असोज १६ गते जिल्ला अस्पताल, मलङ्गवामा सामान्य किसिमले तीन जना शिशु जन्माउनुभएको थियो । तीनै जना छाेरा हुन् । उनीहरुमध्ये दुई जना सवा किलो र एक जना डेढ किलोका छन् ।

सामान्यतया बच्चा जन्मिँदा दुई किलो छ सय ग्राम हुनुपर्छ । तर बबितादेवीले जन्म दिनुभएको तीनै जना बच्चा अत्यन्त कम तौलका रहेकाले यो अवस्था दुर्लभ र जटिल रहेको बालरोग विशेषज्ञ डा. गुणेश्वर झाले बताउनुभयो । डा. झाले नै अहिले अक्सिजन दिएर राख्नुका साथै अन्य आवश्यक औषधोपचार गरी बबिताका तीनै जना शिशुलाई बचाईरहनु भएको छ ।

प्रायः जसो एकैपटकमा एक/दुई  शिशु जन्मेपछि, जन्मिने अरु बच्चा जीवित हुने सम्भावना अत्यन्तै न्यून भए पनि जिल्ला अस्पताल मलङ्गवाका डाक्टरहरुको दक्षताले गर्दा तीनवटै बच्चालाई सकुशल जन्म दिन सफल भएका डा. झाले बताउनुभयो । अस्पतातले आफूकहाँ पठाउँदा श्वास फेर्न गाह्रो हुनुका साथै चिसो हुन लागिसकेका तीनै जना शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको र आमा बबिता पनि स्वस्थ रहनुभएको डा. झाले बताउनुभयो ।
यस किसिमको सेवा लिन दक्षिणी भेगका स्थानीयहरु चर्को मूल्य तिरेर भारतीय बजारसम्म पुग्ने गरेका भएपनि आफ्नै ठाउँमा स्रोत साधन जुटाएर प्रदान गर्न पाउँदा आफूलाई खुशी लागेको डा. झाको भनाई छ ।

शिशुहरुको डा. झाले नै सञ्चालन गर्नुभएको मलङ्गवास्थित स्मृति सौम्या हेल्थ केयर सेन्टरमा उपचार चलिरहेको छ । जिल्ला अस्पताल मलङ्गवाको प्रसुति फाँटमा कार्यरत डा. चन्दनराज शर्माले अन्त्यन्त जोखिमपूर्ण र दुर्लभ किसिमको प्रसुति जिल्ला अस्पतालमै गराउन पाउँदा खुसी लागेको बताउनुभयो । अस्पतालकी नर्सिङ इन्चार्ज सङ्गीता श्रेष्ठले परिवारको स्वीकृतिमा आफूहरुले पहिलो पटक यस किसिमको जटिल प्रसुति सेवा सफलतापूर्वक सम्पन्न गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

बबितादेवीले यसअघि दुई छोरालाई जन्म दिइसक्नुभएको छ । जेठो छोरा पाँच वर्ष र माईलो छोरा साढे तीन वर्षको भइसकेका बबिताका श्रीमान पोषण राउतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय