Nepali Unicode | Preeti to Unicode

आदर्श लघुवित्तको आइपिओ सोमबार बिहान  बाँडफाँड भएको छ ।

आइपिओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको  बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्।

जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको क्यापिटले जनाएको छ । आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।

लघुवित्तको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले बाँडफाँड गरिएको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ। आइपिओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर