Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

आइतबर स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने जनाइएको छ ।

सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै नेकपा एमालेले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधन हुनुपर्ने माग गरिरहेको छ ।

मुख्य सचेतक दीपक निरौलाले एमालेका तर्फबाट सम्बोधन गर्दै बजेट संशोधन नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएका थिए ।

सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

उनको अवरोधपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय