Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

घरेलु मैदानमा श्रीलङ्कालाई ३० वर्षपछि एकदिवसिय सिरिज सुम्पिएकाे अस्ट्रेलियाले टेस्ट सिरिज सुरू हुनअघि श्रीलङ्काली समर्थकलाई विशेष धन्यवाद दिएको छ ।

तीन टी२०आई, पाँच एकदिवसिय र दुई टेस्ट गरी कूल दस खेल खेल्न श्रीलङ्का भ्रमणको नेतृत्व गरेका अस्ट्रेलियाका कप्तान आरोन फिन्चले अन्तिम ओडिआईपछि रङ्गशालामा रहेका दर्शक एवम् समर्थकप्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएका थिए ।

उनीसँगै टोलीका ओपनर डेभिड वार्नर, अलराउन्डर ग्लेन म्याक्सवेल, प्याट कुमिन्स लगायत खेलाडी, प्रशिक्षक र अफिसियलको टोलीले मैदानको चारैतिर घुम्दै धन्यवाद प्रकट गरेका थिए ।

आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा आएर खेलको माध्यमबाट दर्शकलाई खुशी दिन पाउँदा आफूहरुलाई सन्तुष्टि मिलेको कप्तान फिन्चले बताएका छन् ।

पहिलो र अन्तिम खेलमा अस्ट्रेलियाले जित निकाले पनि श्रीलङ्काले दोस्रो, तेस्रो र चौथो खेलमा लगातार जित निकाल्दै पाँच एकदिवसिय सिरिजमा ३–२ को जित निकालेको थियो ।

प्रेमादसा रङ्गशालामा शुक्रबार सम्पन्न अन्तिम ओडिआई खेलमा अस्ट्रेलियाले चार विकेटको जित हासिल गरेको थियो । सो खेलमा हजारौं श्रीलङ्काली समर्थकहरु अस्ट्रेलियाको जर्सी र पहेलों पहिरनमा उपस्थित भएका थिए ।

‘धन्यवाद अस्ट्रेलिया’, ‘धन्यवाद फिन्च र अस्ट्रेयाली टोली’ लगायत नारा लेखिएको प्लेकार्डसहित उपस्थित भएका समर्थकहरुले खेलमा अस्ट्रेलियाले जित निकालेसँगै उनीहरुको पक्षमा लामो समयसम्म हुटिङ गरेका थिए ।

विपक्षी राष्ट्रको सम्मान र आतिथ्यलाई धन्यवाद दिँदै अस्ट्रेलिया क्रिकेट बोर्डले सामाजिक सञ्जालमा सुन्दर भिडियो अपलोड गरेका छन् ।

त्यसबाहेक, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले पनि अस्ट्रेलिया–श्रीलङ्काबीचको अन्तिम ओडिआईको खेलको फोटाहरु खुशी भएको इमोजीसहित सार्वजनिक गरेको छ ।

अस्ट्रेलिया र श्रीलङ्काबीचको पहिलो टेस्ट जुन २९ तारिखमा गाले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरू हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय