Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

घरेलु मैदानमा श्रीलङ्कालाई ३० वर्षपछि एकदिवसिय सिरिज सुम्पिएकाे अस्ट्रेलियाले टेस्ट सिरिज सुरू हुनअघि श्रीलङ्काली समर्थकलाई विशेष धन्यवाद दिएको छ ।

तीन टी२०आई, पाँच एकदिवसिय र दुई टेस्ट गरी कूल दस खेल खेल्न श्रीलङ्का भ्रमणको नेतृत्व गरेका अस्ट्रेलियाका कप्तान आरोन फिन्चले अन्तिम ओडिआईपछि रङ्गशालामा रहेका दर्शक एवम् समर्थकप्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएका थिए ।

उनीसँगै टोलीका ओपनर डेभिड वार्नर, अलराउन्डर ग्लेन म्याक्सवेल, प्याट कुमिन्स लगायत खेलाडी, प्रशिक्षक र अफिसियलको टोलीले मैदानको चारैतिर घुम्दै धन्यवाद प्रकट गरेका थिए ।

आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा आएर खेलको माध्यमबाट दर्शकलाई खुशी दिन पाउँदा आफूहरुलाई सन्तुष्टि मिलेको कप्तान फिन्चले बताएका छन् ।

पहिलो र अन्तिम खेलमा अस्ट्रेलियाले जित निकाले पनि श्रीलङ्काले दोस्रो, तेस्रो र चौथो खेलमा लगातार जित निकाल्दै पाँच एकदिवसिय सिरिजमा ३–२ को जित निकालेको थियो ।

प्रेमादसा रङ्गशालामा शुक्रबार सम्पन्न अन्तिम ओडिआई खेलमा अस्ट्रेलियाले चार विकेटको जित हासिल गरेको थियो । सो खेलमा हजारौं श्रीलङ्काली समर्थकहरु अस्ट्रेलियाको जर्सी र पहेलों पहिरनमा उपस्थित भएका थिए ।

‘धन्यवाद अस्ट्रेलिया’, ‘धन्यवाद फिन्च र अस्ट्रेयाली टोली’ लगायत नारा लेखिएको प्लेकार्डसहित उपस्थित भएका समर्थकहरुले खेलमा अस्ट्रेलियाले जित निकालेसँगै उनीहरुको पक्षमा लामो समयसम्म हुटिङ गरेका थिए ।

विपक्षी राष्ट्रको सम्मान र आतिथ्यलाई धन्यवाद दिँदै अस्ट्रेलिया क्रिकेट बोर्डले सामाजिक सञ्जालमा सुन्दर भिडियो अपलोड गरेका छन् ।

त्यसबाहेक, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले पनि अस्ट्रेलिया–श्रीलङ्काबीचको अन्तिम ओडिआईको खेलको फोटाहरु खुशी भएको इमोजीसहित सार्वजनिक गरेको छ ।

अस्ट्रेलिया र श्रीलङ्काबीचको पहिलो टेस्ट जुन २९ तारिखमा गाले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरू हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय