Nepali Unicode | Preeti to Unicode

२० वर्ष अघि भएको गुजरात दंगाका आरोपी तत्कालीन मुख्यमन्त्री तथा हाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अदालतले सफाई दिएको छ ।

सन् २००२ मा भएको दंगाको समयमा मुख्यमन्त्री रहेका मोदीलाई विपक्षी नबनाइएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सोहि रिट सर्वोच्चले खारेज गरेपछि मोदी दंगाको आरोपबाट मुक्त भएका हुन् ।

अदालतले गुजरात दंगामा कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिटमा कुनै गलत उद्देश्यले दंगा फैलाइएको र त्यसमा मोदीसहितको सहभागिता रहेको भन्दै कानुनी कारबाहीको माग गरिएको थियो । तर सर्वोच्चले अल्पसंख्यकविरुद्ध राज्य प्रयाजित अपराध भएको आरोप अस्वीकार गरेको हो ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीले सर्वोच्चको आदेशलाई ‘सत्यको जित’ को संज्ञा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर