Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

काठमाडौं- अधिकांश स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट सार्वजनिक गर्दैछन् । कतिपय स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाँउ नगर सभामा पेश गरिसकेका छन् ।

धेरैजसो स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

स्थानीय तहले नीति कार्यक्रम र बजेटसंगै आर्थिक ऐन र बिनियोजन बिधेयकसमेत सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । काठमाण्डौ महानगरपालिकाले आज करीव २५ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दैछ । उपमेयर सुनिता डंगोलले महानगरको परिषद बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

भरतपुर महानगरपालिकाले पनि आर्थिक वर्ष २०७९/८० का लागि छ अर्ब रुपैया हाराहारीको बजेट ल्याउने भएको छ । बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा जोड दिने छ ।

गत पाँच वर्ष भौतिक पूर्वाधारअन्तर्गत सडकमा जोड दिएको महानगरपालिकाले आउँदो बजेटमा भौतिक पूर्वाधारअन्तर्गत ढलमा बढी जोड दिन लागेको छ । महानगर क्षेत्रलाई सुन्दर बनाउने योजना अघि सारिएको छ ।

बजेटमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि विराटनगर महानगरपालिकाले साढे तीन अर्बको बजेट ल्याउने भएको छ । सो महानगरले आजै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । स्थानीय तहहरुले कृषि पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय