
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।
छापावाल सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन ९७ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, चाँदीको भाउ भने आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा सुनको मूल्यमा तीव्र उतार चढाव आइरहेको छ ।