
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १ सय ५० कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४ सय ७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओको निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।