Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

धितोपत्र बोर्डले निरन्तर शेयर बजार घट्नुको प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको आरोप लगाएको भोलिपल्ट बजारमा ३१ अंकको गिरावट आएको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताइरहँदा लगानीकर्ताले अझै विश्वास गर्न सकेका छैनन् ।

हिजो (मंगलबार) ३७ अंकले उकालो लागको बजारमा आज (बुधबार) कारोबार रकम पनि एक अर्ब तलै खुम्चियो । सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा बढी निर्जीवन बीमा समूहमा १ सय ५५ अंकले घटेको छ । यसैगरी जीवन बीमा १ सय ३२ अंकले ऋणात्मक रह्यो ।

अरु, सबै समूहमा दोहोरो अंकको गिरावट आउँदा १ सय ७३ कम्पनीको शेयर मूल्य घटेकोे छ । १९ कम्पनीको मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

बुधबार २ सय २९ कम्पनीको ३० लाख बढी कित्ता शेयर ८४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय