Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

धितोपत्र बोर्डले निरन्तर शेयर बजार घट्नुको प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको आरोप लगाएको भोलिपल्ट बजारमा ३१ अंकको गिरावट आएको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताइरहँदा लगानीकर्ताले अझै विश्वास गर्न सकेका छैनन् ।

हिजो (मंगलबार) ३७ अंकले उकालो लागको बजारमा आज (बुधबार) कारोबार रकम पनि एक अर्ब तलै खुम्चियो । सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा बढी निर्जीवन बीमा समूहमा १ सय ५५ अंकले घटेको छ । यसैगरी जीवन बीमा १ सय ३२ अंकले ऋणात्मक रह्यो ।

अरु, सबै समूहमा दोहोरो अंकको गिरावट आउँदा १ सय ७३ कम्पनीको शेयर मूल्य घटेकोे छ । १९ कम्पनीको मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

बुधबार २ सय २९ कम्पनीको ३० लाख बढी कित्ता शेयर ८४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय