Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

रवि लामिछानेको प्रस्तावित पार्टीको नामका विषयलाई लिएर निर्वाचन आयोगमा अर्को उजुरी पनि परेको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाईँ, पुष्कर शाहलगायतका व्यक्तिहरूका तर्फबाट आयोगमा उजुरी परेको हो ।

दलको नाम स्वतन्त्र रहँदा समाजमा भ्रम र अन्योल उत्पन्न हुने तथा स्वतन्त्र शब्दको अर्थ नै अपव्याख्या हुने भएकाले यस सम्बन्धमा विचार गरी उपयुक्त निर्णय लिन उजुरीमा माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता रोक्नुपर्ने माग उनीहरूको छ ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको छ– ‘स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ । साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय