Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ आज (बुधबार) पनि प्रभावित भएको छ ।

राष्ट्रपति कार्यालयबाट पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति सर्वोच्च अदालतमा नआएपछि बुधबारको संवैधानिक इजलासमा सुनुवाइ हुन सकेन । इजलासले पुनः कागजात झिकाउने आदेश गरेको छ । संवैधानिक इजलासले गत चैत ९ गते नै सक्कल प्रति झिकाउने आदेश दिएको भए पनि अहिलेसम्म उक्त पत्र नआएको भन्दै बुधबारको सुनुवाइ अघि बढ्न नसकेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले २०७७ मङ्सिर ३० मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी ३ जना उपस्थित हुँदा पनि संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गरेका थिए । त्यही व्यवस्थाअन्तर्गत परिषद्को बैठक बोलाएर ५२ जना पदाधिकारीको नियुक्ति सिफारिस भयो ।

प्रतिनिधि सभासमेत विघटन भएको अवस्थामा त्यसरी सिफारिस भएका व्यक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त भए । उनीहरूको नियुक्तिमाथि प्रश्न उठाउँदै संवैधानिक अदालतमा रिट परेको थियो । संवैधानिक इजलासले संसदीय सुनुवाइबिनै नियुक्त भएका न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीलाई पनि यो मुद्दामा विपक्षी बनाउने आदेश भएको छ । भण्डारी भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनुअघि नै नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय