
दुई वर्षदेखि जग्गा रोक्का गरेर राज्यले आफूहरूको बिजोग पारिदिएको भन्दै विराटनगर विमानस्थलपीडित जग्गाभनी आन्दोलित भएका छन् ।
विराटनगर विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोकका राखेको जग्गा फुकुवाको माग राखेर मंगलबारदेखि स्थानीय चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।
उनीहरूले विमानस्थल प्रवेशद्धारमा दुई घण्टा धर्ना दिएका थिए । विमानस्थलपीडित संघर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यलय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।