Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ)को बाँडफाँड आज हुने भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपिओ बाँडफाँड गर्न लागिएको हो । कम्पनीको आइपिओमा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट एक अर्ब ७९ करोड ३३ लाख सात हजार रुपैयाँ बराबरको एक करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो। कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म एक सय रुपैयाँ अङ्कित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको सेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम दश कित्ताको दरले सेयर  वितरण हुनेछ । जसमध्ये दुई लाख एक हजार नौ सय ८६ जनाले मात्रै दश  कित्ता शेयर पाउनेछन् ।  बाँकी १४ लाख बढी आवेदकको हात खाली हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय