Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नेकपा एकीकृत समाजवादीले  केन्द्रीय कमिटी र पोलिटब्यूरोको बैठक बोलाएको छ ।

बैठक  आगामी असार १० र ११ गते  बस्ने कार्यसूची रहेको केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए।१० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।  बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुने बताइएको छ ।

बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल गर्नेछ। प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन आवश्यक रणनीतिबारे छलफल केन्द्रीत हुने छ । बैठकले यसअघि बसेको स्थायी कमिटीको बैठकका निर्णय अनुमोदन गर्ने खतिवडाले बताए ।

त्यस्तै, १३ र १४ गते केन्द्रीय परिषदको बैठक समेत बोलाइएको उनले बताए । परिषदको बैठकमा देशभरबाट ५ सय बढी प्रतिनिधि उपस्थित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय