Nepali Unicode | Preeti to Unicode

नेकपा एकीकृत समाजवादीले  केन्द्रीय कमिटी र पोलिटब्यूरोको बैठक बोलाएको छ ।

बैठक  आगामी असार १० र ११ गते  बस्ने कार्यसूची रहेको केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए।१० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।  बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुने बताइएको छ ।

बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल गर्नेछ। प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन आवश्यक रणनीतिबारे छलफल केन्द्रीत हुने छ । बैठकले यसअघि बसेको स्थायी कमिटीको बैठकका निर्णय अनुमोदन गर्ने खतिवडाले बताए ।

त्यस्तै, १३ र १४ गते केन्द्रीय परिषदको बैठक समेत बोलाइएको उनले बताए । परिषदको बैठकमा देशभरबाट ५ सय बढी प्रतिनिधि उपस्थित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर