
पत्रकार एवं टेलिभिजन प्रस्तोता रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा भएका छन् ।
राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा गर्ने भएका हुन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् ।
तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म टुङ्गो लाग्न सकेको थिएन् । अब उनले आफ्नै नयाँ पार्टीबाट चुनाव लड्ने लगभग पक्का भएको छ ।
सङ्घीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । रवि भने प्रत्यक्षमा नै चुनाव लड्ने भएका छन् । रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ।