Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक मन्दी डरलाग्दो अवस्थामा पुगेको बताएका छन् ।

उनले यस्तो अवस्था सिर्जना हुँदा पनि राजनीतिक दलहरु उदासिन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उपसभापति गुरुङले महङ्गी आकासिदा नागरिक दैनिकी गुजार्न नसक्ने अवस्थाको सामना गर्न बाध्य भएको दाबी समेत गरे।

“मुलुकको अर्थतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ” उनले भने,” आर्थिक मन्दी डरलाग्दो स्थितिमा पुगेको छ, महङ्गी आकासिएको छ, तर दलहरू संवेदनशील छैनन् ।” उनले निकट भविष्यमा आउनसक्ने गम्भीर आर्थिक सङ्कटको सामना गर्न सर्वदलीय छलफल आवश्यक भएको औल्याएका छन्।

गुरुङले आर्थिक संकट विरुद्ध एकजुट हुन ढिला गर्न नहुनेमा जोड दिएका छन् । उनले मुलुकको आर्थिक अवस्था ७२ सालको महाभूकम्प पछिको भन्दा पनि खराब भएको बताए । “भूकम्पमा झैँ आर्थिक संकट बिरुद्ध पनि सबै दल एक ठाउँमा उभिनै पर्छ” उनले भने,” यस्तो अवस्थाको अन्त्य गर्न सबै दलले एकजुट हुनै पर्छ, त्यसका लागि पटक्कै ढिलो नगरौँ।”उनले भने

महङ्गीले जनताको भन्सा बन्द हुने र सर्वसाधारण एक छाक खाएर बस्ने अवस्थामा पुग्दासम्म दलहरू गम्भीर बन्न नसक्नु दुखद भएको उपसभापति गुरुङको ठम्याइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर