Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं । सरकारले इन्धनलाई राजस्व संकलनको मुख्य माध्यम बनाउँदा उपभोक्ता मूल्यवृद्धिको चपेटामा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यवृद्धिको कारण देखाउँदै सरकार उपभोक्तामाथि अनुदार हुँदा पेट्रोलको मूल्य लिटरको १ सय ९९ सय रुपैयाँ र डिजेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। निगमले आइतबार पेट्रोल लिटरमा २१ रुपैयाँ र डिजेल लिटरमा २७ रुपैयाँ मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्दा उपभोक्ताले मूल्यवृद्धिको भारी बोक्नुपरेको हो।

सरकारले भन्सार, प्रज्ञापन शुल्क, भ्याट, पूर्वाधार कर, सडक मर्मत करसहित पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा र डिजेलमा प्रतिलिटर ४९ रुपैयाँ ५३ पैसा कर उठाउँदै आएको छ। सरकारले ११ महिनाकै अवधिमा इन्धन कारोबारबाट १ खर्ब १० अर्ब राजस्व संकलन गरेको छ। उच्च मूल्यवृद्धिको चपेटामा परेका उपभोक्तालाई कर छुट दिएर राहत दिन सकिने भए पनि चासो देखाइएको छैन। सामान्य अवस्थामा इन्धनबाट राजस्व संकलन गरे पनि अस्वाभाविक मूल्यवृद्धि भएको अवस्थामा इन्धनको कर घटाएर राहत दिनुपर्ने सरोकारवालाले माग गर्दै आएका छन्।

सरकारले पेट्रोलमा प्रतिलिटर भन्सार र प्रज्ञापन शुल्क २५ रुपैयाँ २३ पैसा, भ्याट २२ रुपैयाँ ८९ पैसा, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ गरी कुल सरकारी राजस्व ६५ रुपैयाँ ६१ पैसा लिँदै आएको छ। त्यसैगरी डिजेल लिटरमा भन्सार र प्रज्ञापन शुल्क १२ रुपैयाँ ३ पैसा, भ्याट २२ रुपैयाँ ९ पैसा, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर २ रुपैयाँ गरी कुल राजस्व ४९ रुपैयाँ ५३ पैसा उठाउँदै आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) को खरिद मूल्य र सरकारी करका कारण आयल निगमको लागत महँगो परेको हो। आयल निगम सरकारी स्वामित्वको संस्थान हो। सरकार कर घटाएर उपभोक्तालाई राहत दिन सक्छ। सरकारले केही अगाडि डिजेल र पेट्रोलमा लगाउँदै आएको पूर्वाधार कर लिटरमा १० रुपैयाँ शोधभर्ना गर्नेगरी छुट दिने निर्णय गरेको भए पनि यो अपुग देखिएको छ। निगम सरकारी स्वामित्वको संस्था भएकाले नाफाघाटाको हिस्सेदार सरकार हुनुपर्छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय