Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

सुन्दरी प्रतियोगिताका क्रममा जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका पाण्डेलाई न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले थुनामा पठाउने आदेश दिएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरिएको छ । पाण्डेले यौन दुरुपयोग गरेको लगायत आरोप लगाइ  मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद  (१८) को बाल यौन दुरुपयोग गर्न नहुने कसुरमा २०७९ साल जेठ ८ गते उजुरी दायर भएको थियो ।

पाण्डेले विभिन्न बहानामा होटल तथा विभिन्न स्थानमा बोलाई नशालु पदार्थ पिलाई बेश्याबृत्तिमा लगाउने गरेको लगायत आरोप जाहेरीकर्ताले लगाएकी छन् । गत जेठमा घटना सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

हदम्यादका कारण जबरजस्ती करणीमा मुद्दा दर्ता गर्न सम्भव नभएपछि उनी विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाइएको थियो । जेठ ७ गते काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका उनलाई  डिल्लीबजार कारागारमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय