Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरूले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।

शर्माले भने, ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर यो प्रकरण सदाको लागि बन्द गरिदिनुस् । विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्ष लगायत राजनीति दललाई बोलाए साझा धारणा तय गर्न प्रारम्भ गरौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय