Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पर्यटन व्यवसाय आबद्ध सङ्गठनहरूले पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री आलेले अश्लील बोलेको अर्को अडिओ बाहिरिएसँगै उनीविरुद्ध आलोचना भइरहँदा नेपाल पर्यटन व्यवसायी सङ्घ, नेपाल पर्यटन व्यवसायी सङ्गठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आलेलाई बर्खास्तको माग गरेका हुन् ।

मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको भन्दै ती सङ्गठनले आपत्ति जनाएका छन् ।

‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिँदै स्वयम् त इतिहासकै बदनाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

ती सङ्गठनले लुम्बिनी विकास कोषको गुरुयोजनामा आलेले चलखेल गरेको आरोप लगाएका छन् । ‘लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसाय कम्पनीसँग सीधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र सशङ्कित छौँ ‘, तीन सङ्गठनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय