
इङ्ल्यान्डले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । आइतबार राति भएको खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै इङ्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २—० ले कब्जा गरेको छ ।
नेदरल्यान्ड्सले दिएको २ सय ३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो । इङ्ल्यान्डको जितमा फिल साल्टले ७७ तथा जासन रोयले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । मोइन अलीले अविजित ४२ रन बनाउँदा डाविड मालनले ३६ रन जोडे ।
नेदरल्यान्ड्सका आर्यन डुटले २ विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४१ ओभरमा ७ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो । आदील राशिद र डेभिड विलिले २ । २ विकेट हात पारे ।