Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर आत्मसन्तुष्टि लिइएको एमालेका सांसद प्रदीप ज्ञवालीले बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको पनि आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (आइतबार) को बैठकमा ज्ञवालीले प्रधानन्यायाधीशलाई काम गर्न नदिई महाभियोग लागेको अवस्थामा नै घर पठाउन लागिएको बताए ।

‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको छ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगायै घर पठाउन खोजिएको छ । यसले कसैको तुस आत्मसन्तुष्टि होला तर संस्था कमजोर हुन्छ’, उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सत्तारुढ गठबन्धनमा रहेका काँग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले २०७८ फागुन १ गते विभिन्न आरोपसहित महाभियोग लगाएका थिए ।

संसदमा महाभियोग सिफारिस समिति बने पनि त्यसमा महाभियोग नपठाएको अवस्थामा सांसद ज्ञवालीले विरोध गरेका हुन् ।

सर्वोच्च अदालतलाई विवादमा तानिएको र संस्था कमजोर पार्न खोजिएको ज्ञवालीको भनाइ थियो । अब नेपाली सेनालाई पनि कमजोर पार्न खोजिएको हो कि भन्ने आशङ्का भएको ज्ञवालीको भनाइ थियो । ‘सेनालाई विवादमा ल्याउने, त्यसलाई भित्रैबाट कमजोर पार्ने कसैको षडयन्त्रमा त परेनौँ भन्ने लागेको छ’, उनले भने ।

विदेशमा पत्र पठाउँदा परराष्ट्र मन्त्रालयको राय लिने व्यवस्था अनिवार्य गर्नुपर्ने एसपीपीको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय