Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

एमालेका सांसद एवं पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो कार्यकालमा एसपीपी सम्झौता नभएको दावी गरेका छन् । बिहिबार प्रतिनिधि सभाका सभामुखको समय लिएर बोल्दै उनले कुनै सम्झौता भएको भए त्यसको पत्र, माइन्युट प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्न चुनौती दिए ।

उनले सत्तापक्षले स्टेट पार्टनरसिपको विषयलाई गलत ढंगले सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरे । तथ्य विपरित, पूर्वाग्रहपूर्ण, आफुले गरेका अपराधहरूलाई ढाक्न गठबन्धन सरकारले दुश्प्रचार गरेको उनको दावी छ । उनले म रक्षामन्त्री हुँदा एसपीपी सम्झौता भएको भए त्यसको पत्र संसदमा ल्याइयोस् भनेर सरकारलाई चुनौती दिएका छन्।

उनले एसपीपी प्रस्ताव अमेरिकीहरुबाट आएको बेलामा सन् २०१५ र २०१७ मा औपचारिक ढंगले सकरात्मक रुपमा नेपालबाट जवाफ पठाइएको बताए ।

एसपीपी सम्झौतालाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने कुरा आएपछि त्यसबेला गम्भीर रुपमा लिएको, असंलग्न परराष्ट्रनीति, कुनैपनि सैन्य गठबन्धनमा संलग्न नहुने हिजो देखिको नीति विरुद्ध र त्यसलाई कमजोर पार्नेगरी आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय