
एमालेका सांसद एवं पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो कार्यकालमा एसपीपी सम्झौता नभएको दावी गरेका छन् । बिहिबार प्रतिनिधि सभाका सभामुखको समय लिएर बोल्दै उनले कुनै सम्झौता भएको भए त्यसको पत्र, माइन्युट प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्न चुनौती दिए ।
उनले सत्तापक्षले स्टेट पार्टनरसिपको विषयलाई गलत ढंगले सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरे । तथ्य विपरित, पूर्वाग्रहपूर्ण, आफुले गरेका अपराधहरूलाई ढाक्न गठबन्धन सरकारले दुश्प्रचार गरेको उनको दावी छ । उनले म रक्षामन्त्री हुँदा एसपीपी सम्झौता भएको भए त्यसको पत्र संसदमा ल्याइयोस् भनेर सरकारलाई चुनौती दिएका छन्।
उनले एसपीपी प्रस्ताव अमेरिकीहरुबाट आएको बेलामा सन् २०१५ र २०१७ मा औपचारिक ढंगले सकरात्मक रुपमा नेपालबाट जवाफ पठाइएको बताए ।
एसपीपी सम्झौतालाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने कुरा आएपछि त्यसबेला गम्भीर रुपमा लिएको, असंलग्न परराष्ट्रनीति, कुनैपनि सैन्य गठबन्धनमा संलग्न नहुने हिजो देखिको नीति विरुद्ध र त्यसलाई कमजोर पार्नेगरी आएको बताए ।