Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएको मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताउनुभएको हो ।

उहाँले राजश्वका दरहरु परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरु र सचिवहरु सहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताउनुभयो । मन्त्री शर्माले राजश्वका दर परिर्वतन गर्ने प्रचलनअनुसार परिर्वतन गरेका दर रेटहरुप्रति आफू पूर्ण जिम्मेवार र जवाफदेही रहेको बताउनुभयो ।

उहाँले देशको डलरको सञ्चिति, आयात, उत्पादन र औद्योगिक वातावरण लाई कसरी अगाडि बढाउने भन्ने विषयलाईसमेत ध्यानमा राखेर करका दरहरु परिर्वतन गरेको दाबी गर्नुभयो । मन्त्री शर्माले करका दर परिर्वतन गर्दा कुनैपनि मान्छेभित्र नपसेको दाबी स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री शर्माले कोरोना बिमा बापत पाउने रकम भुक्तानीको लागि बिमा कम्पनीहरुसँ छलफल भइरहेको बताउनुभयो ।

मन्त्री शर्माले बिमा कम्पनीहरुसँग भएको छलफल अनुसार छिटै रकम भुक्तानी दिने प्रक्रियाको तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय