Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

काठमाडौं, असोज १६ । नेकपाभित्र राजदूत नियुक्ति प्रकरणले असन्तुष्टि जन्माएको छ। सरकारले पार्टीको सल्लाहविना राजदूत नियुक्त गरेपछि असन्तुष्टि देखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतलगायतका नियुक्ति अध्यक्ष पुष्पकमल दाहालको सल्लाहबिना गरेपछि बिहीबार हुने भनिएको दुई अध्यक्षको भेटघाटसमेत रोकियो।

बिहीबारको मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाको राजदूतमा क्रमशः निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मी र डा। युवराज खतिवडालाई नियुक्त गर्नेगरी सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै दाहालले बिहीबारको भेट रद्द गरेको उनीनिकट स्रोतले जानकारी दियो।

प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा पार्टीका कार्यकारी अध्यक्ष वा अन्य सचिवालय सदस्यहरुसँग कुनै पनि परामर्श गरेका थिएनन्। यसअघि ६ महिना लामो विवाद टुंग्याउने प्रयासस्वरुप स्थायी कमिटी बैठकले राष्ट्रिय महत्वका नियुक्तिहरु दुई अध्यक्षको परामर्श एवं सचिवालय सदस्यहरुको सल्लाहमा गर्ने निर्णय भदौ २६ गते गरेको थियो।

मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाको राजदूतमा क्रमशः लोकदर्शन रेग्मी र डा। युवराज खतिवडालाई नियुक्त गर्नेगरी सिफारिस गरेपछि दाहालले असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसँग पूर्वनिर्धारित भेट रद्द गरेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय