Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

​​​​​​​नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हालसम्मकै सबैभन्दा बढी हेरोइन बरामद गरेको छ । पछिल्लो साता चरणबद्ध सर्च प्रहरीको हालसम्मकै ठूलो अप्रेशनपछि बरामद गरिएको ५१ केजी हेरोइन र पक्राउ परेका व्यक्ति आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ । ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए। बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको छ  ।

ब्यूरोले ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई  समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय