Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

चितवन । रत्ननगर नगरपालिकाले घरमै पुगेर बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण सुरु गरेको छ । यहाँका ८० वर्ष उमेर नाघेका बृद्धबृद्धाहरुलाइ नगरपालिकाले घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिन सुरु गरेको हो ।

शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता राख्दै आएको नगरपालिकाले ८० बर्ष नाघेका बृद्धबृद्धाहरुको स्वास्थ्य रक्षाका लागी घरमै पुगेर सेवा सुरु गरेको छ ।

स्वाथ्यकर्मीले उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर आवश्यक परामर्श, खानपान र स्याहारका सम्बन्धमा जानकारी दिने, र मधुमेह, उच्चरक्तचाप तथा अन्य रोगको समेत परीक्षण गरेको नगरपालिकाले जनाएको छ ।

सामान्य देखी गम्भीर अवस्थासम्म रहेका तथा नियमित स्वास्थ्य जाँचका लागि अस्पतालसम्म जान नसक्ने बृद्धबृद्धाहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरिएको रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले बताए ।

नगर प्रमुख सापकोटाका अनुसार स्थानीय सरकार बृद्धबृद्धाको अभिभावक रहेकोले उनीहरुको स्वास्थ्य सुरक्षाका लागी रत्ननगर नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनलेे शिक्षा र स्वास्थ्य नगरपालिकाको विशेष प्राथमिकतामा रहेको बताउँदै यसलाई कडाइका साथ कार्यान्वयनमा लैजाने बताए ।

नागरिकको स्वास्थ्य भन्दा ठूलो अरु केही नभएको बताउँदै स्वास्थ्यकर्मीलाइ परिचालन गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचारका लागी टोली खटाएको उनको भनाइ छ ।

उनका अनुसार अब कोही जेष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिले घण्टौ हिँडेर स्वास्थ्य चेकजाँच गर्न जानु नपर्ने बताए । नगरपालिकाबाट स्वास्थ्य प्रमुख माधव पौडेल सहित अनमीलाई खटाइएको छ ।

रत्ननगर नगरपालिकाले जेष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्यक्रमले अब स्वास्थ्य सेवाका लागी अस्पतालसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ भने सरकारको गाउँगाउँमा सिहंदरबारको नारालाई समेत सार्थकता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय