प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता गर्न नहुने सुझाव दिएका छन् ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत शीर्षनेताहरुबीच भएको भेटमा राष्ट्रहित विपरीत गएर सम्झौता नगर्ने भनेका हुन् ।
नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर देशको माहोल तातेको छ । प्रधानमन्त्री देउवा र प्रधानसेनापति प्रभुराम शर्माले छुट्टाछुट्टै गर्न लागेका प्रस्तावित अमेरिका भ्रमणको मुखमा यो प्रस्ताव आएसँगै तरंग पैदा भएको छ ।