Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
डा केसीको स्वास्थ्य अवस्था झन् नाजुक
Nepali Unicode | Preeti to Unicode

काठमाडौं, असोज १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । भदौ १९ गते कर्णाली प्रदेशको जुम्लादेखि १९औं अनशन थालेका उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत छन् । उनलाई अनशनको नवौं दिनमा जुम्लाबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

शिक्षण अस्पतालको शड्ढयामा सिकिस्त अवस्थामा छटपटाइरहेका उनलाई बिहीबारदेखि ऐंठन पर्न थालेको छ । उनमा छाती दुख्ने, जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्ने, मांसपेशी दुख्नेलगायत समस्या देखिन थालेको अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न चिकित्सक सुवास आचार्यले डा। केसीमा अरू समस्यासँगै ऐंठन पर्न थालेको जानकारी दिए ।

डा केसीको रगतमा डब्लुबिसीको मात्रा, सुगर र पोटासियमलगायत तत्वको कमी देखिएको र उनलाई जुनसुकै बेला भेन्टिलेटरमा राख्नुपर्ने अवस्था निम्तिन सक्ने उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । तत्काल अनशन नतोडाउने हो भने उनको ज्यानै तलमाथि हुन सक्ने भन्दै उनीहरू चिन्ता व्यक्त गर्छन् ।

विगतमा मुटुमा समस्या देखिएपछि उनी त्रिवि मनमोहन कार्डियोेथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्नासमेत भएका थिए । भोक हडतालका कारण मुटुसँगै अन्य समस्या थपिने खतरा रहेको चिकित्सकहरू बताउँछन् । सरकारले १९औं दिनमा पनि उनको माग सम्बोधन गर्न चासो देखाएको छैन । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय