Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

 कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ ।

मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो ।

विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । उद्घाटन खेल समूह ए मा रहेका नेदरल्याण्ड र सेनेगलबीच हुनेछ ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

यी हुन् विश्वकप खेल्ने ३२ राष्ट्र

युरोप ( १३ राष्ट्र)
फ्रान्स ,जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स

एसिया (६ राष्ट्र)
कतार, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया

दक्षिण अमेरिका (४ राष्ट्र)
ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर

अफ्रिका (५ राष्ट्र)
घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन

उत्तर तथा मध्य अमेरिका (४ राष्ट्र)
क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका

कुन समूहमा कुन राष्ट्र ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय