
काठमाडौंमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो।
मंगलबार अपरान्ह ४ बजेतिर उनलाई करेन्ट लागेपछि उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ भने तामाङको शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।