Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

जिल्ला समन्वय समिति बर्दियाका सबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भए भने उपप्रमुख र सात सदस्यमा पनि काँग्रेसका उम्मेदवारले विजय हासिल गरे ।

जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन् ।

आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा काँग्रेस विजयी भएको थियो । गुलरिया, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा काँग्रेसले विजय हासिल गरेको थियो ।

राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियोे । बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय