Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

जिल्ला समन्वय समिति बर्दियाका सबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भए भने उपप्रमुख र सात सदस्यमा पनि काँग्रेसका उम्मेदवारले विजय हासिल गरे ।

जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन् ।

आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा काँग्रेस विजयी भएको थियो । गुलरिया, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा काँग्रेसले विजय हासिल गरेको थियो ।

राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियोे । बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय