Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको जग्गा निजी क्षेत्रलाई भाडामा दिन मन्त्रिपरिषद्मा लगेको प्रस्ताव त्यहीं अड्किएको छ। मन्त्री आलेले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलवरिपरिको जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए।

विभिन्न विमानस्थल क्षेत्रवरिपरि रहेको नागरिक उड्डयन प्राधिकरण स्वामित्वको जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव मन्त्री आलेले मन्त्रिपरिषद लगेको जानकारी पाएपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसलाई रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अग्रह गरेको स्रोतले बतायो। ‘प्राधिकरणको जग्गा निजी क्षेत्रलाई भाडामा दिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ, विपद् आइपर्दा खाली जग्गा आवश्यक पर्छ। साथै विमानस्थलको सुरक्षामा पनि यसले गम्भीर असर पार्छ,’ अध्यक्ष नेपाललाई उद्धृत गर्दै सम्बद्ध स्रोतले भन्यो, ‘अध्यक्ष नेपालकै निर्देशनमा सो प्रस्ताव मन्त्रिपरिषद्मा रोकिएको हो। यसमा पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई कुनै जबाफ दिएका छैनन्।’ आले नेकपा एसबाट सरकारमा पर्यटनमन्त्री छन्।

प्राधिकरणको स्वामित्वमा रहेको करिब ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन प्रस्ताव गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको प्राधिकरणको जग्गामा सशस्त्र प्रहरी बलको विपद् उद्धार गण बसेको छ। सो गण रहेको स्थानमा नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि पाँचतारे होटल निर्माण गर्ने भन्दै सशस्त्रलाई छाड्न निर्देशन दिएको थियो। तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीले सशस्त्र प्रहरीलाई यथावत् बस्न निर्देशन दिएपछि त्यहाँ होटल बन्नबाट रोकिएको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय