Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

प्रहरीले ठूलो रकमसहित चार चिनियाँ नागरिकलाई चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट पक्राउ गरेको छ ।

उनीहरूबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार सात सय २० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

नुवाकोटबाट काठमाडौँतर्फ गुडिरहेको बिएबी ५७१० नम्बरको कार नियन्त्रणमा लिँदा ती व्यक्ति पक्राउ परेका हुन् । नुवाकोटको बिदुर नगरपालिका–८ का कार चालक ४४ वर्षे फूलबहादुर गुरुङ पनि पक्राउ परेका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकमा ५० वर्षे अङ जाइकिङ, ४९ वर्षे झान टु, ३१ वर्षे मेङ युन सुन र २६ वर्षे मौजियान हुआ रहेको प्रहरीले जनाएको छ ।

कारको डिक्कीमा प्लास्टिकको बोरामा लुकाइ ल्याइएको नगद फेला पारिएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय