Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

प्रहरीले ठूलो रकमसहित चार चिनियाँ नागरिकलाई चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट पक्राउ गरेको छ ।

उनीहरूबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार सात सय २० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

नुवाकोटबाट काठमाडौँतर्फ गुडिरहेको बिएबी ५७१० नम्बरको कार नियन्त्रणमा लिँदा ती व्यक्ति पक्राउ परेका हुन् । नुवाकोटको बिदुर नगरपालिका–८ का कार चालक ४४ वर्षे फूलबहादुर गुरुङ पनि पक्राउ परेका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकमा ५० वर्षे अङ जाइकिङ, ४९ वर्षे झान टु, ३१ वर्षे मेङ युन सुन र २६ वर्षे मौजियान हुआ रहेको प्रहरीले जनाएको छ ।

कारको डिक्कीमा प्लास्टिकको बोरामा लुकाइ ल्याइएको नगद फेला पारिएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय