Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

जेठ १४ गते । धरान उपमहानगरपालिका प्रमुखको मृत्यु पछि २०७६ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार बन्नुभएका हर्क राज राई (हर्क साम्पाङ) ४२२ मत प्राप्त गर्नुभई पराजित हुनुभएको थियो । तर बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँलाई धरानका जनताले पत्याए, अनी भारी मतान्तरले धरानको प्रमुखमा विजयी हुनु भयो ।

पहिलो पटक धराने जनताले विश्वास गर्न सकेन तर दोस्रो पटक भने विश्वास जित्न सफल हुनुभयो । उहाँले २० हजार ८२१ मत प्राप्त गरी प्रतिस्पर्धी नेपाली कांग्रेसका किसोर राईलाई चार हजार ७६२ बढी मतले पराजित गर्नुभयो । धरानको विकृति, विसंगती र समस्या माथि आवाज उठाइ रहने प्रमुख राई अव समस्या समधान र कार्यन्वयनको चुनौति थपिएको भएको छ । सञ्चारकर्मीहरुसँग कुरागर्नुहुँदै प्रमुख राईले धराने जनताको आवस्यकतालाई मलाई यहाँसम्म ल्याएको हो त्यसैले म माथि चुनौति जीवनकै ठुलो चुनौति थपिएकाले मैले सचेत र सक्षम भएर काम गर्नुपर्ने जिम्मेवारी भएको छ, उहाँले भन्नुभयो ।

सुनसरीको धरान नगरपालिका र आसपासका क्षेत्रमा भएको विकृति, विसंगती र समस्या माथि आवाज उठाइ रहने हर्क साम्पाङ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनु भएको हो । निर्वाचित पछि उहाँ भन्नुहुन्छ, धराने जनताको आवश्यक्ताहरुलाई समाधान गर्न खबरदारि गर्दा गर्दै जनताले नै यहाँसम्म ल्याईदियो अवको दिन मलाई सहज छैन तर डटेर जनताको लागि लाग्छु ।

प्रमुख राईले विगत दशक भन्दा बढी देखि निरन्तर जनचासोका बिषय, बेथिती र भ्रष्टचारविरुद्ध आवाज उठाउदै आउनुभएको थियो । प्रमुख गरी खानेपानी, बसपार्क, सर्दु उत्खननमा भएको अनियमितता, विपी प्रतिष्ठानको बेथिती, सडकमा हुने खाल्डाखुल्डी, नगरपालिका माथिको भ्रष्टचार, सर्दु जलाधार अतिक्रमण लगायतका मुख्य विषय माथि आजाव उठाउनु भएको थियो अव यो विषय कार्यन्वय र समधान गर्ने जिम्मेवारी उहाँ माथि थपिएको छ ।

स्वतन्त्र उम्मेद्वार बनेर राईले मुख्यचुनावी मुद्दा खानेपानीलाई बनाएका थिए । खानेपानी धरानको सबैभन्दा ठुलो समस्या हो । विगतका वर्षहरुमा राजनीतिक दलहरुले चुनावी एजेण्डा मात्र बनाएर पूरा नगर्ने हो भने उहाँको सामाजिक जीवन माथि ठुलो प्रश्न उठ्न सक्ने स्थानीयहरुको भनाई छ ।

धरानको मात्र नभएर उहाँ सिमा अतिक्रमण, देसको पक्षमा सडकमा एक्लै कराउन कहिल्यै छाड्नु भएन यो उहाँको निरन्तरता थियो र यो नै जनताको विश्वास गर्ने आधार बन्यो । सामान्य परिवारको उहाँ यातायात व्यवसायी ट्याम्पु सञ्चालनको रुपमा चिनिनु हुन्छ । प्रमुख राई भन्नुहुन्छ “म यो देशको नागरिक हुँ र देशमा बढ्दै गएको बेथिति, भ्रष्टचार र अनावश्यक गतिविधि विरुद्धमा बोल्न अझै निरन्तर लाग्ने छु । र नगरको विकास जनताले पत्याउने गरी गर्ने छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय